पाकिस्तानी प्रहरीको कारबाहीमा ६ विद्रोहीको मृत्यु

इस्लामावाद : पाकिस्तानको पूर्वी पञ्जाव राज्यमा प्रति आतङ्कवादी बल र संदिग्ध विद्रोहीबीच आइतबार झडप हुँदा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रहरीको प्रतिआतङ्कवादी विभागका प्रवक्ताका अनुसार ८ शङ्कास्पद आतङ्कवादी लडाकूको एक समूह मोटरसाइकलमा आइरहेका वेला उनीहरूलाई सुरक्षा जाँच गर्ने क्रममा गुजरतात जिल्लामा रहेको एक्कासी प्रहरी चौकीमा गोली चलाएपछि झडप शुरु भएको थियो । 

सो झडपमा ६ विद्रोहीको मृत्यु भएको र २ जना भाग्न सफल भएका पाकिस्तानी प्रहरीले जनाएको छ। संदिग्ध व्यक्तिहरू प्रतिबन्धित समूह भएको र पञ्जाबका संवेदनशील सेवा क्षेत्रमा आक्रमण गर्ने योजनासहित उक्त क्षेत्रमा सशस्त्र रूपमा प्रवेश गरेका थिए । 

मृतकमध्ये प्रहरीको खोजी सूचीमा रहेको आतङ्कवादी सुहाइब पनि रहेको बताइएको छ । मृतकमध्ये धेरैजसो लाहोरमा गत वर्ष बिष्फोट गराउने समूहका सदस्य रहेको प्रहरीको दाबी छ ।

गत बर्ष लाहोरमा बिष्फोट हुँदा २६ जनाको मृत्यु भएको थियो । उनीहरू पञ्जाबको सारगोडामा सन् २०१४ मा एकजना वरिष्ठ सैनिक अधिकारीको हत्यामा सम्लग्न रहेको पनि प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?