नेता आचार्यद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा

लोकपथ
630
Shares

नेपाली कांग्रेस रसुवाका चर्चित नेता मोहन आचार्यले पार्टी केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेको छन् । प्रतिनिधिसभा सांसद समेत रहेका आचार्यले पार्टीको १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

उनले आम नेपालीको जीवनस्तर उकास्न तथा स्वरोजगारमूलक अभियान सञ्चालन गर्नका लागि आफूले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिन लागेको बताउँदै देशभरका प्रतिनिधिले त्यसमा सहयोग गर्ने विश्वास व्यक्त गरे ।

विकासप्रेमी नेता आचार्य रसुवामा जनतामाझ लोकप्रिय रहेका छन् भने लोकप्रियताकै कारण संसदको चुनावमा उनले लोकप्रिय मत ल्याएर विजय हासिल गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?