यसकारण फोरम-राजपा दूरी बढ्यो

काठमाडौँ-प्रदेश २ को सरकार गठबन्धनमा रहेका संघीय  समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी राजपा बीच दूरी बढेको छ ।

सरकारको नीति तथा कार्यक्रममा फोरमले समर्थन जनाएपछि यी दुई दलबीचको सम्बन्धमा चिसोपन आएको हो ।

फोरमले सरकारको नीति तथा कार्यक्रममा सविधान संशोधन मुद्धा नपरेको भन्दै संशोधन हालेको थियो ।

प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष दाहालसँगको छलफलपछि फोरमले सशोधन फिर्ता लिएर नीति तथा कार्यक्रमलाई समर्थन गर्यो ।

संविधान संशोधनको एउटै मुद्धामा फोरम र राजपाले अलग अलग सशोधन हालेका थिए । आजको कान्तिपुरमा  खबर छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?