र्इजिप्टमा युट्युब नचलाउन अदालतको अादेश

काएरो : र्इजिप्टको उच्च अदालतले एक महिनाका लागि देशभर युट्युबमाथि प्रतिबन्ध लगाएको छ । र्इस्लाम धर्मगुरू प्रोफेट मोहम्मदलार्इ बदनाम गरेको अारोपमा भिडियो साइट यूट्यूबलाई एक महिनाका लागि प्रतिबन्ध लगाउने निर्णयलाई अदालतले अनुमोदन गरेको हो । यो निर्णय अन्तिम भएको भन्दै यस उपर पुनरावेदन नहुने अदालतले जानकारी दिएको छ ।  

मोहम्मद हमिद सालेम नामक एक वकीलले यूट्यूबविरुद्ध निजी लगानीमा क्यालिफोर्नियामा निर्मित १३ मिनेट लामो भिडियोमार्फत सन् २०१२ मा इजिप्ट र अन्य इस्लामिक राष्ट्रहरूमा अमेरिकाविरोधी तरङ्ग सिर्जना गरेको भन्दै आरोप दर्ता गरेका थिए । सालेमले उक्त फिल्म प्रशारण गर्ने सबै माध्यम तथा लिङ्कहरूलाई पनि कारबाहीस्वरूप अवरुद्ध गर्नुपर्ने जिकिर गरेका छन् । 

सन् २०१३ को फेब्रुवरीमा इजिप्टको एक स्थानीय अदालतले यहाँको सूचना तथा सञ्चार प्रबिधि मन्त्रालयलाई सोही कारण एक महिनाका लागि यूट्यूब भिडियो साइटमाथि प्रतिबन्ध लगाउने आदेश दिएको थियो ।

तथापि, त्यसवेला मन्त्रालयले अदालतको उक्त निर्णयलाई लागू गर्न कठीन हुने जनाएको थियो । अदालतले गुगलको इन्टर्नेट सर्च इन्जिनको बन्द गर्दा ठूलो खर्च हुने र रोजगारको अवसर पनि गुम्ने खतरा रहेको भन्दै मन्त्रालयले उक्त निर्णयलाई कार्यान्वयनमा लान सकेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?