प्रदेश १ मा थप ११ जनामा कोरोना संक्रमण

RSS
208
Shares

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ को तीन जिल्लामा मात्र कोरोना संक्रमित देखिएका छन् । संक्रमण दर पनि अत्यन्त न्यून रहेको पाइएको छ । सुनसरीमा पाँच, मोरङमा तीन, झापामा दुई र प्रदेश बाहिर एक गरी कूल ११ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ३ सय ४६ को पीसीआर र १ सय २१ जनाको एन्टिजेन परीक्षण गर्दा सो संख्यामा संक्रमित देखिएको हो । प्रदेशमा आजै ११ महिलासहित २५ जना कोरोना संक्रमणमुक्त भएका छन् भने एक पुरुष र एक महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?