१३ आश्विन २०८०, शनिवार

राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको सालिक अनावरण हुँदै

२०७८,मङ्सिर,२३,बिहीवार १७:१८

45
Shares

झापा । अर्जुनधारा नगरपालिका–९ स्थित नमूना सामुदायिक वन परिसरमा निर्मित राष्ट्रिय विभूति तथा समाज सुधारक महागुरु फाल्गुनन्द लिंदेनको पूर्णकदको सालिकको अनावरण हुने भएको छ ।

यसअघि विसं २०७६ चैत १६ गते र विसं २०७७ वैशाख २६ गते शालिकको अनावरणको कार्यक्रम तोकिए पनि कोभिड–१९ को संक्रमणका कारण स्थगन भएको थियो । दुईपटकसम्म स्थगन गरिएको शालिकको अनावरण यही मंसिर २६ गते किराँत धर्मगुरु आत्मानन्द लिंदेनले गर्ने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो ।

फाल्गुनन्द स्मृति प्रतिष्ठानले विसं २०७४ मा नेपाल सरकारको २० लाख रुपैयाँ साविक जिल्ला विकास समितिको पाँच लाख रुपैयाँ र विभिन्न दाताहरूबाट संकलन भएको २५ लाख रुपैयाँ गरी कूल ५० लाख रुपैयाँको लागतमा लिंदेनको शालिकसँगै मांहिम (किराँत धर्मावलम्बीहरूको मूल मन्दिर), धुनी कुण्ड, पुजारी आश्रम, गेट र शौचालय निर्माण गरिएको छ ।

प्रतिष्ठानका उपाध्यक्ष भूपेन्द्र न्यौपानेले सो क्षेत्रमा बहुधार्मिक पर्यटकीय स्थलको पहिचान बनाउने उद्देश्यले छ कठ्ठा जमिनमा सो संरचना निर्माण गरेको जानकारी दिए । उनले राष्ट्रिय विभूति लिंदेनको सालिक एउटै ढुंगालाई कुँदेर मञ्जुल मितेर कला केन्द्र मोरङ उर्लाबारीका मूर्तिकार भक्त राईले तयार पारेको बताए । लिंदेनको छ फिट उचाइ रहेको सालिक निर्माणमा मात्र १० लाख रुपैयाँ खर्च भएको उनको भनाइ छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका उपकूलपति गंगाप्रसाद उप्रेती, किराँत धर्मगुरु आत्मानन्द लिंदेनले आउने कार्यक्रमलाई सफल पार्नका लागि प्रतिष्ठानले सातवटा उपसमिति गठन गरेको छ । देशकै नमूना प्रतिष्ठानका रूपमा विकास गर्ने लक्ष्य लिएको मांहिमको गुरुयोजना तयार गरी फाल्गुनन्द बाटिका निमार्ण गर्ने, नेपाली भाषा, साहित्य, संस्कृतिको पुस्तकालय तथा अध्ययन केन्द्र निर्माण गर्नेलगायतका योजना रहेको प्रतिष्ठानका सचिव लवकुश गौतमले बताए ।

कार्यक्रमस्थल तथा व्यवस्थापन उपसमितिका संयोजक मोहन सुब्बाले सो क्षेत्रमा हिन्दूहरूको शिवालय, प्रकृति पूजक मगर र चौधरीलगायत विभिन्न जातजातिका धार्मिकस्थल रहेको जानकारी दिए ।

प्रकाशित मिति: २०७८,मङ्सिर,२३,बिहीवार १७:१८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काभ्रे । प्रहरीले जुवातास खेलिरहेको अवस्थामा आठ जनालाई पक्राउ गरेको छ । प्रहरीले पनौति नगरपालिका-५ चौकोटस्थित घनश्याम अधिकारीको होटलमा जुवातास

धादिङ । नेत्रावती गाउँपालिका-४ हल्दारे बस्ने ७२ वर्षीया सुकमाया गुरूङको धारिलो हतियार खुर्पा प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले एकजनालाई

काठमाडौं । पूर्व अरनिको यातायात प्रा. लिका अध्यक्ष केदार क्षेत्रीले बसपार्क हटाउन अफवाह फैलाउने काम भएको बताएका छन् । उनले

दैलेख । पेट्रोलियम पदार्थ अन्वेषणका लागि जग्गा खरिद प्रक्रियामा देखिएको विवाद सुल्झिएको छ । सरकारले दैलेखको भैरवी गाउँपालिका–१ रावतकोटमा पेट्रोलियम

ताजा समाचार

काठमाडौंमा ‘देउडा आइडल’ आयोजना हुँदै
 २०८०,आश्विन,१३,शनिवार १७:४५
राप्रपाका अध्यक्ष लिङ्देन स्वदेश फिर्ता
 २०८०,आश्विन,१३,शनिवार १७:४०