प्रदिप पौडेलतिर लक्षित गर्दै सिटौलाले भने- ‘युवालाई पार्टीमा स्थापित गर्छु’

लोकपथ
806
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आफूले युवाहरुलाई पार्टीमा स्थापित गर्न चाहेको बताएका छन् ।

राजधानीमा पत्रकार सम्मेलन गर्दै पूर्वमहामन्त्री सिटौलाले कांग्रेस केन्द्रीय सदस्य प्रदिप पौडेललाई युवाहरुको नेतृत्व गर्ने जिम्मेवारी प्रदिप पौडेललाई दिएको बताए ।

साथै आफूलाई अभाव र संकटमा साथ दिएको कारण भोलिसम्म जो आफ्नो साथमा रहन्छ उही आफ्नो विश्वासपात्र रहेको बताए ।

‘अभाव र संकटमा जो मेरो साथमा छ, अहिलेसम्म र भोलिसम्म रहन्छ भन्ने मेरो विश्वास हो उहाँहरुलाई स्थापित गर्ने मेरो लक्ष्य हो । आजको दिनमा मैले युवाहरुको नेतृत्व गर्ने जिम्मेवारी प्रदीप पौडेललाई दिएको छु’, उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?