नयाँ कार्यसमितिले पार्टीको एजेण्डा स्थापित गर्नुपर्छ : नेता लोहनी

लोकपथ
0
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता डा. प्रकाशचन्द्र लोहनीले एकता अधिवेशनबाट छनोट भएको कार्यसमितिले पार्टीको एजेण्डा स्थापित गर्नुपर्ने बताएका छन् ।

नयाँ कार्यसमितिलाई शुभकामना दिन आज पार्टीले आयोजना गरेको कार्यक्रममा उनले नेपाललाई हिन्दूराष्ट्र कायम गर्ने र संवैधानिक राजसंस्था स्थापित गर्नेगरी राजनीतिक गतिविधि सञ्चालन गर्नुपर्ने बताएका हुन् ।

नेता लोहनीले पार्टीको आदर्शलाई अवलम्बन गरी मुलुकमा बलियो शक्तिका रुपमा राप्रपालाई स्थापित गराउने कार्यमा लाग्न नेतृत्व पंक्तिलाई आग्रह गरे ।

पार्टीका अर्का नेता पशुपतिशम्शेर जवराले केही महिनामा स्थानीय तहको निर्वाचन आइरहेकाले चुनावमा सफलता प्राप्त हुनेगरी देशभर संगठन विस्तार तथा सुदृढीकरण गर्न निर्देशन दिए ।

उनले अधिवेशनले निर्वाचित गरेको कार्यसमितिलाई सबैले सम्मान गर्नुपर्ने बताउँदै प्रतिस्पर्धाबाट पराजय भएका समूहले पार्टी फुटाउन नसक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?