नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् । उनलाई रूखाघोकीसहित ज्वरो आएको उनको सचिवालयले जनाएको छ।
ओली अस्वस्थ भएपछि आजका भेटघाट कार्यक्रम रद्द गरिएको छ ।
आज भएको एमालेनिकट प्रेस चौतारीको कार्यक्रममा समेत ओली नगएर उनले प्रदीप ज्ञवालीलाई पठाएका छन्।
बिहान ८ बजेदेखि नै कोहीसँग भेटघाट नगरेका ओली अहिले बालकोटस्थित निवासमा आराम गरिरहेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया