सेयर बजारमा सामान्य अंकको गिरावट

लोकपथ
104
Shares

काठमाडौं । आज (बिहीबार) पनि सेयर बजारको ओरालो यात्राले निरन्तरता पाएको छ । आज पनि सेयर बजारमा सामान्य गिरावट देखिएको हो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार सेयर बजार मापक नेप्से परिसूचक ५.८४ अंकले घटेर २४४९.९७ बिन्दुमा झरेको छ । आज नेप्से ०.२४ प्रतिशतले घटेको हो ।

यता, ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ परिसूचक भने ०.४३ अंकले बढेर ४६५.२३ बिन्दुमा पुगेको छ ।

नेप्सेका अनुसार आज कुल २३१ कम्पनीको ६२ लाख २३ हजार ७२१ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ६७ करोड ३३ लाख ८ हजार ७९२ रुपैयाँको कारोबार भएको छ ।

आज १३ वटा उपसमूहमा ३ वटा मात्र समूहको सेयर मूल्य बढेको छ भने बाँकी १० उपसमूहको सेयरमूल्य घटेको छ ।

आज सिनर्जी पावर डेभलपमेन्ट, लक्ष्मी इक्वीटी फण्ड, सपोर्ट माइक्रोफाइनान्स, सिंगटी हाइड्रो इनर्जी, बोटलर्स नेपाल तराई लगायत कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।

यता, सामुदायिक लघुवित्त, श्री इन्भेष्टमेन्ट फाइनान्स, एनआईसी एसिया लघुवित्त, घलेम्दी हाइड्रोपावर, सबैको लघुवित्त लगायत कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?