अजय देवगनको फिल्मको रिमेकमा सोनाक्षी सिन्हा

मुम्बई । सोनाक्षी सिन्हाको करिअर आजभोलि चर्चामा छैन । उनी अन्य अभिनेत्रीका तुलनामा केही पछि छिन् ।

जब उनले आफ्नो वजन कम गरिन्, उनको चर्चा हुन थालेको छ । पहिलेका तुलनामा उनी निकै नै सुन्दर देखिन थालेकी छिन् । सोनाक्षी आजभोलि फिल्म साइन गर्ने मुडमा छिन् ।
उनले हालै एक नयाँ फिल्म साइन गरेकी छिन्, जो अजय देवगनको हो ।

अजय देवगनले मराठी फिल्म आपला माणुस मनाएका थिए । यसमा अजयको छोटो भूमिका पनि थियो । फिल्मलाई सतश राजवाडेले निर्देशन गरेका थिए । यही फिल्मको रिमेक बन्न लागेको छ ।

आशुतोषले फिल्मको स्क्रिप्ट सोनाक्षीलाई सनाएका छन् । सोनाक्षीलाई यो स्टोरी मन परेको बताइएको छ । यो फिल्मलाई सतीश राजवाडेले निर्देशन गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?