कांग्रेस केन्द्रीय सदस्यमा चिरन्जीवि थापाको उम्मेदवारी घोषणा

लोकपथ
763
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन नजिँकिदै जाँदा नेताहरुले विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने क्रम तीव्र छ ।

विभिन्न क्षेत्र समूहबाट उम्मेदवारी घोषणा गर्ने क्रममा लामो समयदेखि जनसम्पर्क समिति जापानमा रहि नेपाली कांग्रेसको सक्रिय राजनीति गर्दै आएका पुराना विधार्थी नेता चिरन्जीवि थापाले खस आर्यको तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।

जनसम्पर्क समिति जापानको पटक पटक कार्यवाहक अध्यक्षको जिम्मेवारी समालेका थापा २०६२/६३ को जनआन्दोलनमा जापानमा रहेको नेपाली दुतावास घेराउ गर्ने क्रममा पक्राउ समेत परेका थिए । २०४६ सालमा नेविसंघको स्कुल इकाई समितिबाट राजनीति सुरु गरेका थापा अध्ययनका सिलसिलामा जापान पुगेका हुन् ।

बैकिङ, होटेल, उर्जा, सोलार, कृषी लगायतको व्यवसायमा आवद्ध उनी एनआरएन जापानको कार्यवाहक अध्यक्ष समेत भइसकेका छन् । थापाले एमविए सम्मको अध्ययन पुरा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?