काठमाडौं । ३३ किलो सुन तस्करी काण्डका मुख्य नाइके भनिएका चूडामणि उप्रेती गोरेले अर्का आरोपी प्रहरी सई बालकृष्ण सन्जेलसँगको कनेक्सन बारे खुलाएका छन् । सन्जेलको घर पूर्व नै भएकाले उनलाई आफूले मामा भन्ने गरेको बताएका छन् ।
उनले आफूहरुबीच बेलाबेला सम्पर्क हुने गरेको पछिल्लो समय काठमाडौंको गोठाटारमा घर बनाउँदा सन्जेलले आफूसँग ३५ लाख लगेको पनि बताएका छन् । जसमा पछि २५ लाख फिर्ता गरेको र १० लाख अझैं लिन बाँकी रहेको उनले जिल्ला अदालत मोरङमा दिएको लिखित बयानमा उल्लेख छ ।
२७ पेज लामो उनको लिखित बयानमा सनम शाक्यको शब व्यवस्थापन गर्न सन्जेलले सुरुमा रकमको कुनै कुरा नगरेको तर पछि डीएसपी प्रजित केसी काठमाडौंबाट हिँडेपछि रकमको डिल भएको खुलाएका छन् ।
तपाईले सनको मृत्युपछि कुन कुन प्रहरी कर्मचारीलाई फोन गरी घटनाको बारेमा जानकारी गराउनु भएको थियो भन्ने प्रश्नमा उनले भनेका छन्, –मैले घटनाको बारेमा पहिलो जानकारी बालकृष्ण सन्जेललाई दिएको हुँ । निजले आत्तिनु पदैन । म सहयोग गर्छु । हल्ला नगर्नु भनेकाले मैले अन्त कतै खबर गरिनँ ।
यस्तै उनले कारोबारसम्बन्धी रजिष्टारमा लेखिएका अक्षरहरु मृतक सनम शाक्यको भएको पनि खुलाएका छन् । कारोबारमा प्रहरी उच्च अधिकारीलाई दिइएको रकमबारे समेत उल्लेख गरिएको थियो ।
उनले आफूमाथि लगाइएको सम्पूर्ण आरोप झूठो भएको समेत दाबी गरेका छन् । उनले भनेका छन्, – अभियोगको सम्पूर्ण व्यहोरो झूठो हो । त्यति धेरै बिगोको सुनको कारोबार गरेको भए आज मेरो आर्थिक हैसियत अर्कै हुने थियो । म छिरिङको लाइनमा बसेर सुन ओसार पसार गर्ने सामान्य मानिस हुँ ।
उनले विमानस्थलबा हराएको सुन भारतीय नागरिकको भएको तर उनलाई आफूले नचिन्ने बताएका छन् । उनले यो पनि बयान दिएका छन् कि एम के भन्ने मोहन कुमार अग्रवालले सुनमा लगानी नगर्ने दाबी गरेका छन् । उनले अग्रवाल हाल बिरामी रहेको सुनेको तर सम्पर्क नभएको बयान दिएका छन् ।
यस्तै उनले सुन तस्करीको नाइके आफू नभएको र बरु आफू भन्दा ठूलो त मृतक भएका सनम भएको दाबी गरेका छन् । यस्तै उनले प्रहरी सेटिङका मुख्य नाइके श्याम खत्री भएको पनि बयान दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया