कांग्रेस बैठक सम्पन्न : के-के भयो निर्णय ?

लोकपथ
714
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले १४औँ महाधिवेशनमा पेस गरिने राजनीतिक, आर्थिकसहितका प्रतिवेदन पारित गरेको छ ।

बैठकमा दुई महामन्त्रीको तर्फबाट प्रतिवेदन पेस गरेका थिए । उक्त प्रस्तावलाई बैठकले पारित गरेको थियो । भने सो प्रतिवेदनलाई महाधिवेशनको उद्घाटन सत्रपछि प्रस्तुत हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

त्यस्तै लेखासम्बन्धी प्रतिवेदन, प्रशिक्षणसम्बन्धी प्रतिवेदन अनुमोदन सम्बन्धी प्रतिवेदन पेस गरिएको उनको भनाइ रहेको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल, शेखर कोइराला, प्रकाशमान सिंहसहितका नेताहरुले सो बैठकलाई बहिस्कार गरेका थिए ।

काठमाडौंमा शुक्रबारबाट कांग्रेसको १४औँ महाधिवेशन सुरु हुँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?