सूर्योदय लघुवित्तले बोलायो साधारणसभा, के-के छन् एजेण्डा ?

लोकपथ
130
Shares

काठमाडौं । सूर्योदय लघुवित्त वित्तीय संस्थाले नवौं वार्षिक साधारणसभा १६ पुसमा बोलाएको छ । संस्थाले लाभांश प्रस्ताव पारित गर्न सयपत्री पार्टी प्यालेस गुडिखोला, पुतलीबजार नगरपालिका स्याङ्जामा बिहान ११ बजे सभा आह्वान गरेको हो ।

सभामा कम्पनीले २० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पेश हुनेछ । यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान तथा नगद प्रवाहलगायत विषयमा छलफल गर्ने एजेन्डा पनि रहेको छ ।

सभामा सूर्योदय लघुवित्त र वोमी लघुवित्त आपसमा मर्ज गरिने प्रस्ताव पनि पेश हुनेछ । वोमी र सूर्योदय १:१ अनुपातमा मर्ज हुने छन् । प्रबन्धपत्र संशोधन गर्नेलगायत एजेण्डा पनि छन् । नेपाल राष्ट्र बैंकले वोमी र सूर्योदय लघुवित्त आपसमा मर्ज हुन सैद्धान्तिक सहमति पनि दिइसकेको छ । यो सँगै दुई लघुवित्तको मर्जर प्रकृयाअघि बढेको छ । यसअघि दुबै कम्पनीबीच १५ भदौमा मर्ज हुने सम्झौता भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?