गोरेको दाबी: इन्डियन तस्करले सनमलाई मार्‍यो

विराटनगर । सुन तस्करी र सनम शाक्यको हत्याको अभियोगमा पक्राउ परेका चुडामणि उप्रेती ‘गोरे’ ले थाई एयर र फ्लाई दुबईको जहाजबाट नेपालमा सुन ल्याउने गरेको बयान दिएका छन् । बयानमा उनले सुन तस्करीमा अरु व्यक्तिको हात रहेको बताएका छन् ।

साथै उनले सुन तस्करीको अभियोगमा समातिएका प्रहरीले आफूले नचिन्ने पनि बताएका छन् ।

जिल्ला अदालत मोरङमा दिएको बयानमा सनमको हत्यापछि शव व्यवस्थापन गर्न दुई करोडको पैसा बार्गेनिङ भएको तर प्रहरीको भर नलागेर भागेर भारत पुगेको बताएका छन् ।

गोरेले बयानमा सनम शाक्यललाई अपहरण नगरेको बरु सनम आफ्नो मिलनसार साथी भएकाले उसको मृत्युमा आफू दुःखी भएको बताएका छन् ।

सुन हराएपछि त्यसको खोजी गर्न बेलाबेलामा पिकनिकको बहानामा भेटेको उनले बताएका छन् ।

उनले बयानमा भनेका छन्, ‘मैले पहिले इन्डियन तस्करले साथीलाई मा–यो, हेल्प गर्नुप–यो भनेर सई बालकृण सञ्जेललाई भनें, सनमको हत्या भएपछि हामी आत्तियौं ।’

बयानमा सनमले घरमा नौ जनाको परिवार भएको र आफ्नो धनसम्पत्ति केही नभएको पनि बताएका छन् । बुबाको नाउँमा भने उर्लाबारी र काठमाडौंमा घर भएको तर आफूले कमाएको पैसा सबै सकेको बताएका छन् ।

सुन तस्करी र सनमको शब लुकाउने मुद्दामा एसएसपी दिवेश लोहनी, डिएसपी प्रजित केसी, सई बालकृष्ण सञ्जेललाई पनि प्रतिवादीमा राखिएको छ । उनीहरुले गोरे नभागोस् भनेर त्यसो गरेको बताएका छन्, उनीहरुले तत्कालीन नेतृत्वलाई खबर गरेको पनि बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?