वैदेशिक ऋणभार प्रतिवर्ष बढ्दो, प्रतिव्यक्ति २९ हजार पुग्यो

काठमाडौं ।  नेपालीको थाप्लोमा ऋण थपिएको छ । सरकारले आइतबार संसदमा सार्वजनिक गरेको चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण अनुसार नेपालीको प्रतिव्यक्ति ऋण २८ हजार ९ सय ६३ पुगेको छ ।

गत आर्थिक वर्षमा  प्रतिव्यक्ति ऋण २४ हजार २ सय ७० रुपैयाँ रहेको थियो । जसअनुसार  ऋण चार हजार ६ सय ९४ रुपैयाँले बढ्न पुगेको छ । 

आन्तरिक ऋण परिचालनमा उल्लेख्य वृद्धि भएका कारण पनि प्रतिव्यक्ति ऋण गत वर्षको भन्दा बढेर गएको हो ।

यस्तै अर्थमन्त्री डा। युवराज खतिवडाले पेश गरेको आर्थिक सर्वेक्षणमा चालू आर्थिक वर्षमा ५ दशमलव ५९ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरिएको छ । अर्थमन्त्री खतिवडाले प्रतिव्यक्ति आए १ हजार ४ डलर पुग्ने अनुमान पनि गरिएको पनि बताएका छन् । 

 आर्थिक सर्वेक्षणले मुलुकमा अहिले पनि ८० लाखभन्दा बढि जनता गरिवीको रेखामुनि रहेको पनि औंल्याएको छ ।

आर्थिक सर्वेक्षणमा राजस्वको वृद्धि सन्तोषजनक रहेको, देशका सबै ठाउँमा बैंक तथा वित्तिय संस्थाहरुको पहुँच पुर्याउने काम भएको पनि उल्लेख गरिएको छ । 

अर्थमन्त्री खतिवडाले पेश गरेको  आर्थिक सर्वेक्षणमा सेयर बजारस्थिरता उन्मुख रहेको दावी समेत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?