काठमाडौं । धनगढी उपमहानगरपालिकाका नगर प्रमुख र उपप्रमुखले नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा उम्मेदवारी घोषणा गरेका छन्।
धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले केन्द्रीय सदस्य (समावेशी दलिततर्फ) र उपप्रमुख शुशिला मिश्र भट्टले सुदूरपश्चिम (महिला) केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका हुन्।
नगर प्रमुख वड धनगढी नेपाली कांग्रेस नगर समितिका सभापति समेत भइसकेका छन् । विद्यार्थी राजनीतिबाट सुरु गरेका उनले लामो समय पार्टीका विभिन्न गतिविधी प्रभावकारी रुपमा अघि बढाएका छन्। उनले पार्टी सुदृढीकरण, शसक्त र प्रभावकारी बनाउन आफनो उम्मेदवारी घोषणा गरेका हुन्।
रिपोर्टस क्लबमा उनले केन्द्रीय सह–महामन्त्रीका आंकाक्षी मीन विश्वकर्मासँगै उम्मेदवारी घोषणा गरेका थिए ।
यस्तै, उपप्रमुख शुशिला मिश्र भट्टले नेपाल महिला संघकी नेतृ हुन्। उनीहरु दुवै प्रधानमन्त्री तथा वर्तमान पार्टी सभापति शेरबहादुर देउवा निकट रहेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया