सात दिनभित्र यातायात व्यवस्थित गर्न मुख्यमन्त्री भट्टको निर्देशन

धनगढी । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले हेलो सिएम कार्यक्रम सुरु गरेपछि यातायात ब्यवस्थापन बारे सर्वसाधारणहरुको जनगुनासो बढेको छ ।

प्रदेश नं.७ का प्रमुख शहरहरुमा अव्यवस्थित रहेको यातायात व्यवस्थापन गरिनु पर्ने जनगुनासो बढेपछि आज मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्नै कार्यकक्षमा जनगुनासोका बारेमा आवश्यक छलफल गरेका छन् ।  

भौतिक पूर्वाधार विकास मन्त्री पठान सिंह बोहराको सहभागितामा मुख्यमन्त्री भट्ट र कैलालीका प्रजिअ, यातायात सम्वद्ध निकायका प्रमुखहरुबीच यातायात व्यवस्थापनका बारेमा छलफल भएको हो । छलफलपछि मुख्यमन्त्री भट्टले सात दिनभित्र यातायात व्यवस्था चुस्त पार्न यातायात सम्वद्ध निकायका प्रमुखहरुलाई कडा निर्देशन दिएका छन् ।  

छलफलमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिब, कैलालीका प्रजिअ, यातायात व्यवस्था कार्यालयका प्रतिनिधि, क्षेत्रिय ट्रफिक प्रहरी प्रमुख, धनगढी उपमहानगरपालिका प्रतिनिधिहरुको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?