९ चैत्र २०७९, बिहीवार

फस्ट आइएमई जेटीआई ग्राण्ड जुनियर ओपन लन टेनिसप्रतियोगिता सम्पन्न

२०७५,जेष्ठ,१३,आईतवार १०:४२

0
Shares

काठमाडौं । गएको आइतबारदेखि शुरु भएको ‘फस्ट आइएमई जेटीआई ग्राण्ड जुनियर ओपन लन टेनिस’ एकल प्रतियोगिता शनिबार मण्डिखाटार टेनिस कोर्टमा सम्पन्न भएको छ । आइएमई फाउन्डेसनको आयोजना एवम् अल नेपाल लन टेनिस एसोसियसन (एएनएलटीए) को सहयोगर जुनियरटेनिस इनिसियसन (जेटीआई) को संयोजनमा सम्पन्न उक्त एकल प्रतियोगितामा ४० जना महिला र ५३ जना पुरुषगरी कूल ९३ खेलाडीहरूले भाग लिएका थिए ।

शनिबार मण्डिखाटार टेनिस कोर्टमा आयोजित समापन कार्यक्रममा विजेता र उपविजेतालाई मेडल, प्रमाण–पत्र र पुरस्कार प्रदान गरिएको थियो । पुरस्कार वितरण समारोहका अतिथी एवम् नेपाल टेनिस एसोसिएसनका महासचिव मनोहर दास मुलले बालबालिकाहरुको चरित्र निर्माणमा खेलकुदको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्दै टेनिस खेलको विकासमा आइएमई फाउन्डेसनले देखाएको सदासयताका लागि धन्यवाद व्यक्त गरे । आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकालले बालबालिकाहरू एकै प्रकारका क्षमता लिएर जन्मिने हुँदा उनीहरुको क्षमता अभिवृद्विमा अभिभावक चनाखो रहनुपर्ने बताए ।

साताव्यापी प्रतियोगितामा चौध वर्ष मुनिका विभिन्न उमेर समुहबाट कुल ४० जना विजेता र उपविजेता छनोट भएका छन् । पुरस्कार स्वरूप विजेताहरूलाई थाइल्याण्डसम्मको हवाई टिकटको व्यवस्था गरिएको छ भने उपविजेताहरूले विभिन्न टेनिस कोर्टको प्रवेश शूल्क र चन्द्रागिरि केबलकार भ्रमणको सुविधा पाउनेछन् ।

आइएमई फाउन्डेसन २०६६ सालमा दर्ता भएको परोपकारी संस्था हो । आइएमई ग्रुपले आफ्नो संस्थागत सामाजिक उत्तदायित्व अन्तर्गतका कार्यहरू यहि फाउन्डेसन मार्फत गर्दै आएको छ ।

प्रकाशित मिति: २०७५,जेष्ठ,१३,आईतवार १०:४२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाण्डौं । दक्षिण कोरियाकी बालिका बोराम त्यहाँकी लोकप्रिय युट्युबर हुन् । ६ वर्षिया बालिका बोराम आफ्ना भिडियो ‘बोराम ट्युब ट्वाइज

काठमाडौं । नयाँ अपराध संहिताले जस्तो सुकै अपराधमा संलग्न १० वर्षमुनको बालबालिकालाई सजाय नहुने ब्यवस्था गरेको छ । बालबालिकालाई कानुनी

काठमाडौँ । सरकारले सडक बालबालिका उद्धार अभियान शुरु गरेसँगै आजकाल राजधानीका सडकमा सडक बालबालिका त्यति भेटिँदैन । महिला, बालबालिका तथा

काठमाडौं । अल्का अस्पताल जावलाखेल र लाइन्स क्लव इन्टरनेसनल डिस्ट्रिक ३२५ टु ए को संयुक्त आयोजनामा भएको हेल्दी बेबी प्रतियोगिताको

ताजा समाचार

१० वर्षमा आगलागीका घटना तेब्बर बढ्यो
 २०७९,चैत्र,९,बिहीवार २०:००