पदाधिकारीको संख्या थप्ने कांग्रेसको तयारी

लोकपथ
286
Shares

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी संख्या थप्ने तयारी भइरहेको छ । शुक्रबारबाट सुरु हुन लागेको १४औँ महाधिवेशनमा नेताहरुको व्यवस्थापनमा समस्या भए पनि कांग्रेसले पदाधिकारीको संख्या थप्ने तयारी गरेको हो ।

१३औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति सदस्यको बिहीबार अन्तिम बैठक बस्दै छ । सोही बैठकमा पदाधिकारी संख्या थप गर्ने प्रस्ताव लैजाने तयारी भइरहेको छ ।

जस कारण बिहीबार बिहान साढे ११ बजे बोलाइएको बैठक अहिलेसम्म सुरु हुन सकेको छैन । नेताहरू बैठकमा सहभागी हुन पार्टी कार्यालय सानेपा पुग्ने क्रम सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?