सरकारको नीति तथा कार्यक्रम पारित

काठमाडौं । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित भएको छ । नीति तथा कार्यक्रम गत जेठ ७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा पेश गरेकी थिइन् । 

आईतबार प्रतिनिधिसभामा सभामुख कृष्णबहादुर महराले पधानमन्त्री केपी शर्मा । ओलीले छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिएसँगै त्यसलाई निर्णयार्थ पेश गरेका थिए । 
  
सरकारको नीति तथा कार्यक्रममा ६ वटा संशोधन प्रस्ताव दर्ता गरिएको थियो । त्यसमध्ये काँग्रेस नेता डा. मिनेन्द्र रिजाल र राष्ट्रिय जनता पार्टी, नेपालका अनिलकुमार झाले भने संशोधन प्रस्ताव फिर्ता लिन अस्वीकार गरे । 

सरकारले यही जेठ १५ मा नयाँ आर्थिक वर्षको बजेट ल्याउँदैछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?