साढे ३३ किलो सुन प्रकरणः मुख्य आरोपी गोरेको बयान सकियो

काठमाडौं – साढे ३३ किलो  सुन तस्करी र सनम शाक्य हत्याकाण्डका मुख्य  आरोपी मानिएका चुडामणि उप्रेती ‘गोरे’को बयान सकिएको छ । मोरङ जिल्ला अदालतमा उनको बयान सकिएको हो ।

उनलाई बुधबार, बिहिबार र शुक्रबार र आज गरी चार  दिनसम्म बयान लिइएकोमा सो क्रम सकिएको हो । 

गोरे पक्षका वकिल यमबहादुर मगरका अनुसार आज नै थुनछेक बहस सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?