महाधिवेशनपछि गाउँ फर्किएर पार्टीलाई जिताउन लाग्न सभापति देउवाको आग्रह

लोकपथ
143
Shares

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशनपछि गाउँ फर्किएर आम निर्वाचनमा पार्टीलाई जिताउन आग्रह गरेका छन् ।

बिहीबार कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतद्वारा लिखित ‘नेपाली कांग्रेस एण्ड नेसन बिल्डिङ’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् ।

पार्टीको १४औँ महाधिवेशन प्रजातन्त्रको भविष्यका लागि महत्वपूर्ण रहेको समेत सभापति देउवाले बताए ।

‘यो महाधिवेशन नेपालको प्रजातान्त्रकको भविष्यका लागि महत्वपूर्ण छ । सबै उत्साह छ, सबै उत्साहका साथ गाउँ घर फर्केर पाटीलाइ चुनाव जपताउन लाग्न अनुरोध छ ।’ उनले भने ।

सहमतिबाट आगामी नेतृत्व चयन गर्ने बताउँदै नभएमा स्वस्थ प्रतिष्पर्धाबाट नेतृत्व चयन गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

‘सकभर सहमतिमा नेतृत्व टुंगो लगाउँछौ । तर त्यसो भएन भने अस्ववस्थ प्रतिषपर्धा र कटुता नहोस् म आग्रह गर्छु ।’ सभापति देउवाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?