१४ जेष्ठ २०८०, आईतवार

सिभान्स, योयल र साङसङ हेल्दी बेबी प्रतियोगितामा प्रथम

२०७५,जेष्ठ,१३,आईतवार ०८:२९

0
Shares

काठमाडौं । अल्का अस्पताल जावलाखेल र लाइन्स क्लव इन्टरनेसनल डिस्ट्रिक ३२५ टु ए को संयुक्त आयोजनामा भएको हेल्दी बेबी प्रतियोगिताको नतिजा सार्वजनिक भएको छ।

अस्पताल प्राङगणमा शनिबार भएको प्रतियोगिताको अन्तिम नतिजा आइतबार प्रकाशित गरिएको हो ।

प्रतियोगिता अन्तर्गत जन्मेदेखि १ वर्षसम्मको उमेर समूहमा बानेश्वरकाडाक्टर शेखर केसी र बिनिता पौडेलकी छोरा सिभान्स केसी प्रथम भएका छन् ।

धनुषा १ का मानबहादुर धनाह मगर र प्रमिला कुमारी समालकी छोरी रेन्सी धनाह मगर द्धितिय हुदाँ काभ्रे ५ का बुद्धिबहादुर र लक्ष्मी तामाङकी छोरी लिज्जा वाइवा तृतिय भएकी छिन् ।

१ वर्षदेखि ३ वर्ष उमेर समुहमा जावलाखेलका जनक सुनुवार र गंगा श्रेष्ठकी छोरा योयल सुनुवार प्रथम, ठहिटीका इश्वीन शर्मा र किरण शर्माकी छोरा लक्ष्य शर्मा र बिराटनगरकी बिनायक मल्ल र  मुनसुन मल्लकी छोरी इना मल्ला तृतिय भएकी छिन् ।

३ वर्षदेखि ५ वर्ष उमेर समूहमा धरान १५ का सुमन लिम्बु र सिमा रगुकी छोरा साङसङ लिम्बु प्रथम भए । काठमाडौं ८ का अकिरा साहुखल र दीपा अमात्यकी छोरा अकिन द्धितिय भएका छन् भने शंखमुलकी दिलकृष्ण प्रजापति र रश्मि प्रजापतिकी छोरी रोलिसा तृतिय भएकी छिन्।

प्रतियोगितामा बिजयी भएकाहरुलाई यही जेठ १९ गते तिनकुनेस्थित रोयल ब्याङक्विटमा कार्यक्रम गरी पुरस्कार प्रदान गरिने हेल्दी बेबी प्रतियोगिताको अध्यक्ष तथा अस्पतालकी कार्यकारी निर्देशक विद्या श्रेष्ठले जानकारी दिइन्।

प्रतियोगितामा २ सय भन्दा बढी बालबालिकाको सहभागिता रहेको थियो। बालबालिकाको शारिरीक, मानसिक, पुर्ण खोप तथा पोषण सम्बन्धि ज्ञान दिनका लागि यो प्रतियोगिता आयोजना गरिएको हो।

प्रकाशित मिति: २०७५,जेष्ठ,१३,आईतवार ०८:२९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल इन्टरनेट फाउण्डेशनले बालबालिकालाई थप सशक्तिकरण र सृजनशीलतालाई प्रेरित गर्न आर्ट कार्यशाला आयोजना गर्ने भएको छ । नेपाल

काठमाण्डौं । दक्षिण कोरियाकी बालिका बोराम त्यहाँकी लोकप्रिय युट्युबर हुन् । ६ वर्षिया बालिका बोराम आफ्ना भिडियो ‘बोराम ट्युब ट्वाइज

काठमाडौं । नयाँ अपराध संहिताले जस्तो सुकै अपराधमा संलग्न १० वर्षमुनको बालबालिकालाई सजाय नहुने ब्यवस्था गरेको छ । बालबालिकालाई कानुनी

काठमाडौँ । सरकारले सडक बालबालिका उद्धार अभियान शुरु गरेसँगै आजकाल राजधानीका सडकमा सडक बालबालिका त्यति भेटिँदैन । महिला, बालबालिका तथा

ताजा समाचार

गणतन्त्र दिवसमा ४८२ कैदीले पाए आममाफी
 २०८०,जेष्ठ,१४,आईतवार १८:१९