तीन अर्ब निक्षेप घटेपछि सिडी रेसियोमा सुधार

लोकपथ
130
Shares

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूको ऋण लगानी तीन अर्ब रुपैयाँले घटेपछि कर्जा-निक्षेप अनुपात (सिडी रेसियो)मा सुधार आएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार सोमबारको तुलनामा मंगलबार बैंक तथा वित्तीय संस्थाको निक्षेप तीन अर्ब रुपैयाँले वृद्धि हुँदा ऋण लगानी पनि तीन अर्ब रुपैयाँले नै घटेको छ ।

सोमबारसम्ममा बैंक तथा वित्तीय संस्थाहरूको लगानी ४५ खर्ब ८८ अर्ब रुपैयाँ रहेकोमा मंगलबार ४५ खर्ब ८५ अर्ब रुपैयाँमा झरेको छ । यसैगरी सोमबारसम्म ४७ खर्व ९८ अर्ब रुपैयाँ निक्षेप रहेकोमा वृद्धि भई मंगलबार ४८ खर्ब एक अर्ब पुगेको छ ।

निक्षेप वृद्धि र कर्जा लगानी घटेपछि बैंकको औसत सिडी रेसियो मंगलबार ९० दशमलव ८९ प्रतिशतमा झरेको छ । सोमबार सिडी रेसियो ९१ प्रतिशत रहेको थियो । निक्षेप घटेपनि कर्जा लगानीमा आक्रामक भएपछि बैंकमा तरलता अभाव भइरहेको छ ।

मंगरबारसम्मको वित्तीय सूचक
कुल निक्षेप : ४८ खर्ब एक खर्ब
कुल लगानी : ४५ खर्ब ८५ अर्ब
कर्जा -निक्षेप अनुपात : ९०.८९ प्रतिशत
अन्तरबैंक व्याजदर : ४.९८ प्रतिशत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?