गोली प्रहार गरी लुटिएको ९ लाख सहित दुई पक्राउ

कैलाली । कैलालीको धनगढी चौराहमा निर्मल कार्कीमाथी गोली प्रहारगरी लुटपाटपछि फरार रहेका दुई जनालाई प्रहरीले कैलालीको गेटाबाट पक्राउ गरेको छ । पक्राउ परेकाहरुबाट ९ लाख समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । पक्राउ परेकाहरुबाट सो रकम बरामद भएपनि हतियार भने बरामद नभएको प्रहरी नायव उपरिक्षक हरीबहादुर वलीले बताए । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय धनगढीमा ल्याउँदै गरेको वलीले बताए । हाल अनुसन्धान जारी रहेको बताउदै वलीले पक्राउ परेकाहरुको नाम भने खुलाउन चाहेनन् ।

सिद्धार्थ बैंकबाट पैसा निकालेर बाहिर निस्कने क्रममा लु ४० प ४४३८ नम्वरको मोटरसाईकलमा आएका दुई जना अपरिचित व्यक्तिले धनगढी आईएमईमा कार्यरत निर्मल कार्कीमाथि धनगढीको सव्जीमण्डीमा गोली प्रहार गरि रकम लुटेका हुन् ।

गोली प्रहारबाट ग्लोबल आईएमई बैंकमा कार्यरत कार्की घाइते भएका छन् । कार्कीको अहिले सेती अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाईतेको दायाँ हातमा गोली लागेर हड्डी टुक्रा–टुक्रा भएको र छातीको बाहिर सामान्य घाउ भएको प्रारम्भिक रिपोर्टले देखाएका छ । सेती अञ्चल अस्पतालमा सामान्य उपचारपछि रेफर गर्ने तयारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?