काठमाडौं । पानी जहाजको कुरा गर्दा बाल्टिमा कतिले कागज हालेको स्मरण गर्दै ओलीले पानी जहाज नयाँ र नौलो कुरा नभएको दावी गरे । उनले नयाँ कुरा बुझ्नलाई समय लाग्ने बताए । पानी जहाज मजाक गर्ने कुरो नभएको भन्दै यसलाई उडाइएकोमा गुनासो समेत गरे । हामी भन्दा दुर्गम देशमा सयौं पानीजहाज चलाएको उदाहरण दिदैँ उनले यो विषयलाई नउडाउन आग्रह गरे ।
उनले पूर्व–पश्चिम र उत्तर–दक्षिण रेल नेपालमा कुदेरै छोड्ने भन्दै त्यसका लागि सम्झौता भएको बताए । उनले ५ वर्षभित्र काठमाडौ–रक्सौल रेलका लागि सम्झौता भएर सर्भे भइरहेको पनि बताए । तीन वर्षभित्र काठमाडौंमा मेट्रो चलेरै छोड्ने उनले बताए । लोडसेडिङका लागि विद्युत उत्पादनमा समेत नीति तथा कार्यक्रममा योजनामा राखिएको उनले बताए । विद्युत, उत्पादन हाइड्रो र बैकल्पिक उर्जालाई प्रयोग गरेर अघि बढ्ने नीति लिएको बताए ।
समाज विविधतायुक्त भएको भन्दै प्रम ओलीले भौगोलिक कारणले जटिलता भएपनि समस्याको समाधान गर्ने बताए । उनले तराइमा नागरिकता लगायतका समस्या रहेको भन्दै त्यो समस्या समाधान गर्ने बताए । तीन किसिमबाट नेपालमा नागरिकता प्रदान गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया