मेरो घरमा सोलार बाल्छु भनेको छैन, लोडसेडिङ हटाउँछु भनेको हुँः केपी ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रलाई लिएर कसैले मन दुखाउनु नपर्ने बताएका छन् । 

‘ मेरो घरमा सोलार बाल्छु भनेको होइन, देशभर लोडसेडिङ अन्त्य गर्छु भनेको छु ।  विकास गर्छु भनेको छु ।’ आइतबार संघीय संसदमा  सरकारले पेश गरेको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका सवालको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने । 

उनले कतिपयले नीति तथा कार्यक्रम महत्वाकांक्षी भनेकोपनि त्यो आफूलाई स्वीकार्य भएको बताए । 

‘केही वर्षभित्र बिरामी हुँदा उपचार गर्न सकिन भन्ने नेपाली नहोस् । आफूले पाएको अधिकारसम्म पुग्ने बाटो पाइन भन्ने नेपाली नहोस् ।  हामीले यी काम गर्नकै लागि आकांक्षाहीन नीति नल्याएका हौं’ उनले भने । 

प्रम ओलीले आयातमुखी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्र र त्यसलाई निर्यात प्रवद्र्धन गर्ने योजना सहित नीति तथा कार्यक्रम आएको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?