२० माघ २०७९, शुक्रवार

‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’का लागि प्रस्ताव आह्वान

२०७८,मङ्सिर,२३,बिहीवार १०:४३

45
Shares

काठमाडौं । सरकारले ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’अन्तर्गत सामुदायिक विद्यालयलाई भौतिक सुविधा विस्तारलगायत अनुदान पाउन स्थानीय तहमार्फत प्रस्ताव माग गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सूचना जारी गर्दै ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’को कार्यान्वयन कार्यविधि, २०७६ बमोजिम इच्छुक सार्वजनिक विद्यालयलाई आगामी पुस ८ गतेभित्र प्रस्ताव पेश गर्न आह्वान गरेको हो । सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि अघिल्लो सरकारले यो कार्यक्रम शुरु गरेको थियो ।

शिक्षामन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा गत साता बसेको निर्देशक समितिको बैठकबाट चालु आर्थिक वर्षका लागि सो कार्यक्रमअन्तर्गत सार्वजनिक विद्यालयलाई स्थानीय तहमार्फत प्रस्ताव पेश गर्ने गरी सूचना प्रकाशन गर्ने निर्णय भएको थियो ।

प्रस्ताव पेश गर्न विद्यालय भौतिक पूर्वाधार विकास कार्यक्रम, डिजिटल लाइब्रेरी व्यवस्थापन, आफ्नै स्वामित्वमा जग्गा भएको विद्यालयलगायत आधारमा र शर्त निर्धारण गरिएको छ ।

प्रकाशित मिति: २०७८,मङ्सिर,२३,बिहीवार १०:४३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १७ देखि २९ गतेसम्म हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई

तनहुँ । जिल्लाको व्यास नगरपालिका–१३ पोखरी भञ्ज्याङस्थित जनजागृति गंगा माध्यमिक विद्यालयमा एक शिक्षक राख्न अक्षयकोष स्थापना गरिएको छ । सोही

तनहुँ । तनहुँ जलविद्युत् आयोजनाले आयोजना प्रभावित व्यास नगरपालिका–५ बेनीपाटनमा विद्यालय भवन निर्माण गर्ने भएको छ । नगरपालिकाले उपलब्ध गराएको

वीरजंग । मधेस विश्वविद्यालय सञ्चालनका लागि पर्साको बहुदरमाई नगरपालिकाले जग्गा उपलब्ध गराउने भएको छ । बहुदरमाई –२ स्थित पिपराटोलमा भएको

ताजा समाचार

विदेशीन लागेका १२ महिलाको उद्धार
 २०७९,माघ,२०,शुक्रवार २०:३२