काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतरका नेताहरु आज पनि साझा उम्मेदवार छनोटका लागि छलफलमा जुटेका छन् ।
बुधबारसम्म संस्थापनइतरबाट सभापतिका आकांक्षीहरुसहित बैठक बसे पनि आज आकांक्षीबाहेकका नेताहरु छलफलमा जुटेका छन् । सो विषयमा आज पनि केहीबेरअघि बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बैठक सुरु भएको छ ।
बैठकमा नेताहरु अर्जुननरसिंह केसी, महेश आचार्य, गगन थापा लगायत सहभागी रहेका छन् ।
बैठकमा सहभागी नेताहरुले संस्थापनइतरबाट डा. शेखर कोइरालालाई अगाडि बढाउनका लागि सुझाव दिएका छन् । बैठकमा सहभागी एक नेताका अनुसार केसी र थापाले कोइरालाई नै अघि बढाउने विषयमा आफ्नो धारणा व्यक्त गरे ।
साथै वरिष्ठ नेता रामचन्द्र पौडेललाई उचित स्थान दिएर अघि बढ्नुपर्नेमा नेताहरुले जोड दिएको ती नेताको भनाइ रहेको छ । यदि डा. कोइरालाको पक्षमा सहमति जुट्न नसकेका भने पौडेललाई नै अघि सार्नुपर्ने सुझाव उनीहरुको रहेको छ ।
संस्थापनइतरले साझा उम्मेदवार छनोटका लागि लामो छलफल भए पनि सहमति जुट्न सकेन । संस्थापनइतरबाट वरिष्ठ नेता पौडेलसहित डा. शशांक कोइराला, प्रकाशमान सिंह, शेखर कोइराला आकांक्षी रहेका थिए ।
तर मंगलबार बसेको बैठकबाट शंशाक आफू रामचन्द्र पौडेललाई सघाएर अघि बढ्ने बताएका थिए । भने बुधबार पौडेलले सिंह र कोइराला (शेखर)लाई सहमति गर्न आग्रह गरे पनि सहमति जुट्न सकेन । आज पनि नेताहरु वान टु वान वार्तामा रहेका छन् ।
यता संस्थापन पक्षबाट भने सभापतिमा शेरबहादुर देउवालाई नै अघि बढाउने र बाँकी पदाधिकारीहरुको नाम टुंग्याउने विषयमा सहमति छलफल भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया