शिव परियार दुर्घटनामा परे

काठमाडौं । काठमाडौंको बसुन्धारामा गायक शिव परियारको मोटरसाइकल दुर्घटना भएको छ ।

आइतबार बिहान उनले चलाएको बा८०प ९९९८ नम्बरको मोटरसाइकललाई पछाडिबाट आएको बा७८प ८५११ नम्बरको मोटरसाइकलले ठक्कर दिएपछि सो दुर्घटना भएको हो । 

दुर्घटनामा परि घाइते भएका गायक परियारको दाहिने खुट्टामा चोट लागेको बताइएको छ । अहिले उनको बसुन्धारा स्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । 

गायक परियालले चलाएको मोटरसाइकल पछाडी अर्का गायक कर्णराज गिरी सवार थिए । सामान्य उपचारपछि गिरी घर फर्किएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?