कांग्रेस बागमती प्रदेश सदस्यमा रसुवाका तीन जना निर्वाचित

लोकपथ
0
Shares

नेपाली कांग्रेसको बागमती प्रदेश सदस्यमा रसुवाका तीन जना निर्वाचित भएका छन् । कांग्रेसको १४औं महावेशनअन्तर्गत भएको बागमती प्रदेशको अधिवेशनबाट रसुवाका तीन जना सदस्यमा निर्वाचित भएका हुन् ।

खुल्ला सदस्यमा भएको निर्वाचनमा नेपाली कांग्रेस रसुवाका नेता तथा उत्तरगया गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्साल निर्वाचित भएका छन् । खुल्ला सदस्यमा ६ जनाका लागि १८ जनाको उम्मेदवारी परेको थियो । जसमा लम्साल ७५२ मत प्राप्त गरेका छन् । खुल्ला सदस्यमा उनी तेस्रो स्थान रहेको बताइएको छ ।

त्यसैगरि बागमती प्रदेश सदस्यमा भूगोलतर्फ महिलाबाट शेषकुमारी अधिकारी र नेपाली कांग्रेस रसुवाका पूर्व सभापतिसमेत रहेका नेता लामाकार्पू तामाङ निर्विरोध निर्वाचित भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?