अब राष्ट्रपतिको चुनाव लड्दिन–पुटिन

एजेन्सी : रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले राष्ट्रपतिको रूपमा यो आफ्नो अन्तिम कार्यकाल भएको बताएका छन् ।

उनको यो कार्याकाल सनु २०२४मा समाप्त हुनेछ । उनले यो जानकारी सेन्ट पिटर्सबर्गमा आयोजित एक आर्थिक फोरममा दिए । उनले भने “ मैले रुसी संविधानको सम्मान गर्नुपर्छ । संविधानले लगातार दुई कार्यकाल राष्ट्रपति बन्न नपाउने गरी बन्देज लगएको छ ।”

यसअघि सन् २००८ मा पुटिनले राष्ट्रपति पद त्याग गरेका थिए ।उनले त्यतिखेर लगातार दुई पदावधिको कार्यकाल पछि पदत्याग गरेका थिए ।

त्यसपछि पुटिनले प्रधानमन्त्रीको रूपमा सत्ता चलाएका थिए । सन् २०१२मा पुनः राष्ट्रपति पदमा निर्वाचित भए । त्यो पदावधि सकेपछि लगातार यो दोस्रो पदावधिका लागि मार्चमा भएको निर्वाचनबाट पुनः निर्वाचित हुन पुगेका छन् ।

जोसेफ स्टालिनयता पुटिनलाई यो पदावधिको कार्यकालले  सबै भन्दा लामो समय सत्तामा बस्ने नेताको रूपमा उभ्याउनेछ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?