यी हुन् एमाले केन्द्रीय कमिटी बैठकका लागि १५ एजेन्डा

लोकपथ
208
Shares

नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठकमा स्थायी कमिटी र पोलिटब्यूरो गठन, केन्द्रीय कमिटीमा मनोनयनलगायत १५ वटा कार्यसूची तय गरिएको छ ।

सो पार्टीका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बैठकमा बाँकी केन्द्रीय सदस्यको शपथ ग्रहण, महाधिवेशनको समीक्षा, महाधिवेशनको सन्देश तथा पार्टी प्रवेश अभियान, केन्द्रीय सल्लाहकार परिषद् गठन, प्रदेशमा रिक्त पदाधिकारीको मनोनयन, जिल्ला र प्रदेश कमिटीको अधिवेशनको मिति निर्धारण, विधान सम्पादन र नियमावली संशोधन, बैठक सञ्चालन कार्यविधि, केन्द्रीय कार्यालय व्यवस्थापन, नेताको कार्यविभाजन र वरियताक्रम निर्धारण, जनसङ्गठनको सुदृढीकरण अभियानलाई कार्यसूचीमा राखिएको जानकारी दिए ।

सो पार्टीको दशौँ महाधिवेशनले निर्वाचित गरेको ३०१ सदस्यीय कमिटीमा १० प्रतिशतसम्म मनोनयन हुने व्यवस्था छ । यही मङ्सिर १० देखि १४ गतेसम्म चितवनमा एमालेको महाधिवेशन भएको थियो । महाधिवेशनको समापन सत्रमा अध्यक्ष केपी शर्मा ओलीले आगामी तीन महिनासम्म पार्टी प्रवेश कार्यक्रमलाई अभियानका रुपमा सञ्चालन गर्ने घोषणा गरेका थिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?