कांग्रेस केन्द्रीय सदस्यमा खोटाङबाट तीन जनाको उम्मेदवारी घोषणा

लोकपथ
0
Shares

खोटाङका तीन नेताले कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । संघीय महाधिवेशन प्रतिनिधि सुवासकुमार पोखरेल, रविप्रकाश राई र सरस्वती बजिमयले कांग्रेसको आसन्न राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

राई र बजिमयले संस्थापन र पोखरेलले संस्थापन इतर समूहबाट केन्द्रीय सदस्यमा उठ्ने घोषणा गरेका हुन् । हाल तीनै जना नेताको पक्षमा अन्य नेता तथा कार्यकर्ताले भोटका लागि सामाजिक सञ्जालबाट प्रचार–प्रसार तीव्र बनाएका छन् । कांग्रेस खोटाङका पूर्वसभापति नरेश श्रेष्ठ पनि केन्द्रीय सदस्यको आकांक्षी छन् । यद्यपि श्रेष्ठले उम्मेदवारी दिने घोषणा गरेका छैनन् ।

हालसम्म खोटाङबाट कोही पनि कांग्रेसको केन्द्रीय सदस्य निर्वाचित हुन सकेका छैनन् । यस अर्थमा पनि तीन नेताको उम्मेदवारीलाई महत्वकासाथ हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?