अार्थिक सर्वेक्षण अाज सार्वजनिक गरिँदै

काठमाडाैं : सरकारले चालु अार्थिक बर्षको ८ महिना अर्थात फागुनसम्मको अार्थिक अवस्था समेटेर अार्थिक सर्वेक्षण सार्वजनिक गर्ने भएको छ । अर्थ मन्त्रालयले अार्इतबार (अाज) ११ बजे अार्थिक सर्वेक्षण संसदमा पेश गर्ने भएको छ । 

अघिल्ला अार्थिक बर्षको तुलनामा परिमार्जित स्वरूपको अार्थिक सर्वेक्षण तयार गरेको अर्थ मन्त्रालयले दाबी गरेको छ । मन्त्रलयका अनुसार अार्थिक बर्षको पहिलो ८ महिनाको तथ्यांक समेट्नुका साथै मुलुकको अार्थिक अवस्था विश्लेषण गरि अाउँदो अार्थिक बर्षका अार्थिक सम्भावना र चुनाैतीबारे पनि अार्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ । अाजै सरकारले चलार्इरहेका सार्वजनिक संस्थानहरूको प्रगति विवरण समेत संसदमा टेबुल गरिने छ । 

अागामी अार्थिक बर्षको बजेट जेठ १५ मा ल्याउनुअघि सरकारले चालु अार्थिक बर्षको अार्थिक चुनाैती, अवस्था, प्रगति र सरकारले सामाजिक, अार्थिक, पूर्वाधार र समग्र क्षेत्रमा देखेका कमजोरी समेटेर अार्थिक सर्वेक्षण ल्याउने गर्छ । यो अार्थिक बर्षको अार्थिक सर्वेक्षणमा सरकारले अार्थिक बृद्दि ५.८९ प्रतिशत पुगेको र प्रतिव्यक्ति अाय १००४ अमेरिकी डलर पुगेको उल्लेख गर्दैछ । राष्ट्रिय योजना अायोगअन्तर्गतको केन्द्रीय तथ्यांक विभागले केहिअघि सार्वजनिक गरेको तथ्यांकलार्इ समेत अार्थिक सर्वेक्षणमा समावेश गरिँदैछ । 

सार्वजनिक संस्थानहरूको प्रगति विवरण प्रतिवेदनमा हाल सञ्चालनमा रहेका ३७ मध्ये २६ वटा संस्थानहरू नाफामा गएको सरकारको दाबी छ । यसअनुसार ११ वटा सार्वजनिक संस्थान भने निरन्तर घाटामा छन् । मुलुकको समग्र अार्थिक परिसूचकबमोजिम अधिकांश सार्वजनिक संस्थाको पर्फमेन्स कमजोर रहेको अर्थ मन्त्रालयले जनाएको छ । यो बर्ष नेपाल विधुत प्राधिकरण नाफामा गएको प्रतिवेदनमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?