कांग्रेस महाधिवेशन : प्रचारप्रसारमा जुटे आकांक्षी

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिएसँगै संघिय राजधानीमा विभिन्न पदका आकांक्षीहरुले प्रचार–प्रसारलाई जोड दिइरहेका छन् । महाधिवेशन हुने काठमाडौंको भृकुटीमण्डपमा ठुल–ठुला व्यानर टाँसिएका छन भने काठमाडौंका विभिन्न स्थानमा सचिवालयहरु स्थापना गरि मत माग्ने काम बढेको छ ।

विभिन्न पदका आकांक्षीहरुले पत्रकार सम्मेलनको आयोजना गरि पदमा घोषणा गर्ने, प्रर्चा छापी प्रतिनिधीलाई मत दिन आग्रह गर्ने, मोबाइलमा कल गरि मत माग्ने, भिडियो बनाई सामाजिक सञ्जालमा हाल्ने लगायत गरि प्रचार–प्रसार गरिरहेका छन् ।

नेपाली आकांक्षी सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता डाक्टर रणबहादुर रावलले अहिले प्रचार–प्रसारलाई तिव्रता दिएका छन । उनले पुतलीसडकमा सचिवालय स्थापना गरि प्रचार–प्रसार अघि बढाएको छ ।

यस्तै, उनले विभिन्न सञ्चारमाध्यममा अन्तर्वार्ता दिने, मोबाइलमा म्यासेज पठाई मत माग्ने, भिडियो बनाई सामाजिक सञ्जालमा राख्ने, शिर्ष नेता तथा प्रतिनिधीहरुसंग मत दिई सहयोग गर्न लगायतका गतिविधी अघि बढाएको उनको सचिवालयले जनाएको छ ।

टीकापुर नगरपालिकाका नगर सचिव विरेन्द्र कुँवरले उम्मेदवारलाई विजयी गराउन गाडिमा पोष्टर टाँसेर काठमाडौ महानगरका विभिन्न स्थानमा घुमिरहेको बताए ।

यस्तै, नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष नैनसिंह महरले नयाँ बानेश्वरमा सचिवालय स्थापना गरेका छन । उनले १४ वटा एजेण्डासहितको प्रर्चा पम्पलेट छापेर वितरण गरिरहेका छन् ।

नेपाली कांग्रेसका युवा नेता हर्कबहादुर देउवाले कोटेश्वरमा सचिवालय स्थापना गरि प्रचार–प्रसार अघि बढाएको उनको सचिवालयले जनाएको छ । उनले कार्यसमितिमा युवाको बर्चश्व हुनुपर्ने, कांग्रेस हाँक्न युवा आवश्यक रहेको लगायतका एजेण्डालाई अघि बढाउँदै केन्द्रिय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन्।

यसरी विभिन्न पदमा आउन यसरी प्रचार गर्दा उम्मेदवारको खर्च बढीरहेको छ । ‘कांग्रेसको महाधिवेशनमा विभिन्न पदमा यसरी भड्कालो खर्च भइरहेको छ’ एक नेताले भने –‘महाधिवेशनका बेला प्रचार–प्रसारलाई सभ्य, भव्य बनाउनु आवश्यक रहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?