गोली हानेर धनगढीमा ९ लाख लुटियो

धनगढी । कैलालीको धनगढीमा गोली हानेर ९ लाख लुटपाट भएको छ । 

आईएमईबाट रकम लिएर बैंकमा जम्मा गर्न जाने क्रममा कैलालीको धनगढी उपहानगरपालिका–१ मेनरोडमा गोली हानी सो रकम लुटिएको हो । 

धनगढी–३ बस्ने ३७ वर्षीय निर्मल कार्कीमाथि गोली प्रहार भएको हो । गोली हान्ने समूहले उनको साथमा रहेको रकम लुटेर भागेको छ ।

आईएमईबाट पैसा लिएर बाहिर निस्केका कार्कीमाथि बा४०प ४४३८ नम्बरको मोटरसाइकलमा आएका दुई व्यक्तिले गोली प्रहार गरी उनको साथमा भएको रकम लुटेर भागेको प्रत्यक्षदर्शीले बताएका छन् ।  

कार्कीको छाती र पाखुरा गरी २ गोली लागेको छ । उनको अहिले सेती अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 
गोली शरीरमै रहेकाले थप उपचारका लागि बाहिर लैजाने तयारी गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी प्रमुख विनोद घिमिरेका अनुसार भारतसँग सीमा जोडिएका स्थानलाई सिल गरेर गोली हान्ने व्यक्तिको खोजी भइरहेको बताए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?