के–के छन् कांग्रेस महाधिवेशनका आचारसंहिता ? (पत्रसहित)

लोकपथ
351
Shares

काठमाडाैं । नेपाली कांग्रेसले १४औँ महाधिवेशनको लागि आचार संहिता सार्वजनिक गरेको छ । महाधिवेशन उद्घाटन हुन दुई दिन मात्र बाँकी रहँदा केन्द्रीय निर्वाचन समितिले निर्वाचन आचार संहिता सार्वजनिक गरेको हो ।

केन्द्रीय निर्वाचन समितिले आचारसंहितामा मतदानस्थलभित्र प्रवेश गर्दा मोबाइल फोन लिएर जान नपाइने भनेको छ ।

यसैगरी आफ्नो उमेदवारीको प्रचारप्रसार गर्दा भिजिटिङ कार्ड, सामान्य अपिल वितरण गर्न सकिने तर कसैको पनि व्यक्तिगत चरित्रमा लान्छना लाग्ने गरी प्रचार गर्न नपाइने निर्वाचन समितिले जारी गरेको आचार संहितामा उल्लेख छ ।

मर्यादित, अनुशासित र संयमित भई शान्तिपूर्ण तरिकाले निर्वाचन प्रचार प्रसार गर्न पनि समितिले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?