कांग्रेस महाधिवेशन : २५ गते साँझ ५ बजेसम्म मनोनयनको समय, यस्तो छ कार्यतालिका (सूचनासहित)

लोकपथ
1.4k
Shares

काठमाडौं । नेपाली कांग्रेसले आगामी १४औँ महाधिवेशनको अन्तिम तयारीमा जुटेको छ । मंसिर २४ गतेबाट सुरु हुने महाधिवेशन २७ गते निर्वाचन हुनेछ । आज बसेको कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले महाधिवेशनसम्बन्धी आचारसंहितासहित अन्य प्रक्रियाहरु सार्वजनिक गरेको छ ।

जसअनुसार मंसिर २४ गते बिहान महाधिवेशन प्रतिनिधिहरुको नामावली सार्वजनिक गर्ने छ । त्यस्तै मंसिर २५ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ताको समृय छुट्टयाईको छ ।

त्यस्तैगरी २५ गते बेलुका ५ बजेपछि ७ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता उपर दाबी विरोध र जाँचबुझको समय छुट्टाइएको निर्वाचन समितिले जनाएको छ । भने मंसिर २५ गते राति ९ बजेदेखि १० बजेसम्म उम्मेदवारको पहिलो नामावली प्रकाशन गर्ने समय छुट्टयाइएको छ । त्यसैगरी मंसिर २६ गते बिहान ११ बजेसम्म मनोनयपत्र फिर्ता लिइसक्नुपर्नेछ । समितिका अनुसार मंसिर २६ गते दिउँसो १२ः४५ बजे उम्मेदवारको अन्तिम नामावली सार्वजनिक हुनेछ । भने मंसिर २७ गते बिहान ८ बजेबाट मतदान सुरु हुनेछ । त्यसैगरी सभापतिको मतगणना मतदान समाप्तपछि मात्रै हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?