काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विभिन्न समितिहरु गठन गरेको छ । आज बसेको राप्रपाको पहिलो केन्द्रीय कमिटी बैठकले समान विचार भएकाहरुसँग वाता गर्ने समिति, स्थानीय तह निर्वाचन परिचालन समिति र लेभि निर्धारण समिति गठन गरेको हो ।
समान विचार भएकाहरुसँग वाता गर्न महामन्त्री धवलशमशेर राणाको संयोजकत्वमा समिति गठन गरेको हो ।
उक्त समितिको सदस्यहरुमा ऋषि बाबू परियार, दिलविकास राजभण्डारी, पुष्पराज पुरुष, सीता ज्ञवाली लगायत रहेका छन् ।
त्यस्तै स्थानीय तह निर्वाचन परिचालन समितिमा महामन्त्री भुवन पाठकको संयोजकत्वमा सदस्यहरु भक्ति प्रसाद सिटौला, भरतजंग उप्रेती सदस्य सचिव डा. गिताभक्त जोशी लगायत रहेका छन् ।
त्यस्तै उपाध्यक्ष धुर्व बहादुर प्रधानको संयोजकत्वमा गठित मर्यादाक्रम निर्धारण समितिमा डा. राजेश गिरि, भरत पाठक लगायत सदस्यहरु रहेका छन् ।
त्यसैगरी महामन्त्री कुन्ति कुमार शाहीको संयोजकत्वमा लेभि निर्धारण समिति समेत गठन गरिएको छ ।
बैठकले सबै प्रदेश तथा जिल्ला र निकायको बैठक पुस महिना भित्र गरिसक्ने र भातृ संगठनहरुको अधिवेशन ३ महिना भित्र गर्न संगठनलाई निर्देशन दिने निर्णय समेत गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया