काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ८० जनामा कोरोना भाइरस (कोभिड(१९) संक्रमण पुष्टि भएको छ ।
देशभर ९ हजार १ सय ६८ जानाको पीसीआर परीक्षण गर्दा २ सय ५५ जनामा संक्रमण पुष्टि भएको छ भने ३ हजार ६ जनाको एन्टीजेन परीक्षण गर्दा २४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभर ३ सय ६६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ८ लाख ५ हजार ५ सय ७१ पुगेको छ ।
त्यसैगरी २ जनाको मृत्यु भएकोसँगै नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ११ हजार ५ सय ५४ पुगेको छ ।
हाल नेपालमा ६ हजार २ सय ३९ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया