काठमाडौं । कांग्रेसको १४औँ महाधिवेशनमा साझा उम्मेदवार खोज्नका लागि संस्थापनइतरको निर्णायक बैठक बसेको छ ।
कांग्रेस केन्द्रीय सदस्य प्रकाशमान सिंह निवास चाक्सीबारीमा निर्णायक बैठक सुरु भएको हो । यसअघि निरन्तर बसेको बैठकले सभापतिका लागि दुई जना मात्रै सभापतिका आकांक्षीहरु आइपुगेका छन् ।

आजै बत्तीसपुतलीमा बसेको बैठकले प्रकाशमान सिंह र डा. शेखर कोइरालामध्ये एकलाई अघि सार्ने गरी निर्णय गरेको थियो । चाक्सीबारी बैठकले अन्तिम नाम टुंग्याउने कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारीले लोकपथलाई जानकारी दिए ।
बैठकबाट सिंह र कोइरालामध्ये एक जनामा सहमति भएमा वरिष्ठ नेता पौडेल भने स्वतः बाहिरिने तर कुरा नमिलेमा उम्मेदवारी दिने तयारीमा छन् ।

बैठकमा वरिष्ठ नेता पौडेलसहित महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष चित्रलेखा यादव साथै नेताहरु प्रकाशमान सिंह, शेखर कोइराला, अर्जुननरसिंह केसी, डा. रामशरण महत, डा. मिनेन्द्र रिजाललगायतको उपस्थिति छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया