लक्ष्मी बैंकका २ नयाँ शाखासहित र १ एक्स्टेन्सन काउन्टर

लोकपथ
195
Shares

काठमाडौं । लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आफ्ना २ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाहरु सुनसरी जिल्लाको इनरुवा नगरपालिका वडा न.१ को शान्ति चोक र मोरङ जिल्लाको उर्लाबारी नगरपालिका वडा न. ५ को उर्लाबारी चोकमा रहेका छन् ।

साथै, लक्ष्मी बैंकले आफ्नो ९औं एक्स्टेन्सन काउन्टर जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका वडा न.८ स्थित सेपुखोलामा स्थापना गरेको छ ।

यी शाखाहरुमार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ ।

यस नयाँ शाखाको सुरुवातसँगै लक्ष्मी बैंकको शाखा सञ्जाल ५० जिल्लामा १४० शाखा, ९ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १७० एटीएम, २५०० भन्दा बढी रेमिटेन्स एजेन्ट तथा ६३ शाखारहित बैंकिङ एजेन्टहरु पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?