राजपाले संसदीय दलको नेता चयन गरेन

काठमाडौँ- संसद्को दोस्रो अधिवेशन अगाडि बढिसक्दा पनि पनि देशको तेस्रो ठूलो दल राष्ट्रिय जनता पार्टी(राजपा) नेपालले संसदीय दलको नेता निर्वाचन गर्न सकेको छैन, आजको गोरखापत्रमा खबर छापिएको छ  ।

संसदीय दलको नेता निर्वाचन गर्नका पटक पटक पार्टीको बैठक बस्यो तर निर्वाचन भने हुन सकेको छैन । राजपा नेपालको संसदीय दलको नेता नहुँदा संसद्मा त्यस दलको तर्फबाट हुने कामकारवाही समेत प्रभावित हुने गरेको छ । तर पार्टीको आन्तरिक विवादका कारण नेता निर्वाचन समयम हुन नसकेको कतिपयको भनाइ छ ।

राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य महेन्द्रराय यादवले चैतमा नै नेता निर्वाचन गर्ने तयारी थियो तर त्यतिबेला नै पार्टीका संयोजक महन्थ ठाकुर र आफू पनि अस्वस्थ्य भएर उपचारका लागि बाहिर जानुपर्ने भएकाले ढिलाइ भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?