१८ चैत्र २०७९, शनिवार

एमालेले दीपक मनाङेलाई सिफारिस गर्यो

२०७४,आश्विन,२५,बुधबार ०३:२४

0
Shares

काठमाडौँ, २५ असोज- सबैभन्दा कम मतदाता रहेको हिमाली जिल्ला मनाङमा कांग्रेस र एमालेले संघ र प्रदेश चुनावको लागि उम्मेदवारको टुंगो लगाएको छ । एउटा संघीय क्षेत्र र २ प्रदेश क्षेत्र रहेको मनाङमा यस पटक यी दुई पार्टीबीच तीव्र प्रतिष्पर्धा हुने देखिएको छ । कांग्रेसले संघको प्रत्यक्षतर्फ सांसद टेकबहादुर गुरुङलाई सिफारिस गरेको छ भने एमालेले संघको प्रत्यक्षतर्फ जिल्ला अध्यक्ष पोल्देन छोपाङ गुरुङलाई उम्मेदवारमा सिफारिस गरेको छ ।कांग्रेसले प्रदेशको क्षेत्र नं. १ मा चिन्तबहादुर घलेलाई सिफारिस गरेको छ । त्यस्तै एमालेले प्रत्यक्षतर्फ धोर्जे ढन्डुल गुरुङलाई सिफारिस गरेको छ । यस्तै, कर्म गुरुङलाई प्रत्यक्षतर्फ कांग्रेसले प्रदेश क्षेत्र नं. २ मा सिफारिस गरेको छ । एमालेले राजीव गुरुङ (दीपक मनाङे) लाई सिफारिस गरेको छ । कांग्रेसका सांसद गुरुङ संविधान सभा निर्वाचन २०७० मा विजयी भएका थिए ।

प्रकाशित मिति: २०७४,आश्विन,२५,बुधबार ०३:२४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौ उपत्यकामा विभिन्न जीवन्त संस्कृतिहरु छन् जसले यहाँको सभ्यता र परम्परालाई दर्शाउँछ। भिन्न-भिन्न चाडपर्व मनाउँदै प्राकृतिक पक्षलाई पनि आत्मसात गर्दै

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा पछिल्लो ८ महिनाको अवधिमा २३ लाख बढी आन्तरिक राजश्व संकलन भएको छ । गाउँपालिकाले सार्वजनिक

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

ताजा समाचार

सुराकीको नाममा खर्च गर्ने प्रणाली खारेज
 २०७९,चैत्र,१७,शुक्रवार २१:१३
फेरि बढ्यो कोरोना सङ्क्रमण
 २०७९,चैत्र,१७,शुक्रवार २०:१८