वोमी लघुवित्तले डाक्यो साधारणसभा, बुकक्लोज कहिले ?

लोकपथ
130
Shares

काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले १६ पुसमा साधारणसभा बोलाएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न शुक्रबार बिहान ११ बजे, होटल अरनिको धुलिखेलमा १०औँ वार्षिक साधारणसभा आह्वान गरेको हो।

सभामा कम्पनीको हाल कायम चुक्ता पुँजीको २० प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने र सूर्योदय लघुवित्तसँग एक बराबर एक अनुपातमा मर्ज हुने विशेष प्रस्ताव पारित हुनेछ ।

मर्जरपछि बन्ने लघुवित्तको नाम सूर्योदय वोमी लघुवित्त कायम गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्नेलगायतका एजेण्डा छन् ।

सभा प्रयोजनका लागि लघुवित्तले पुस १ गतेदेखि १६ गतेसम्म बुकक्लोज गर्ने भएको छ । यद्यपि, मर्जर प्रयोजनका लागि लघुवित्तको सेयर कारोबार दोस्रो बजारमा रोक्का गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?