काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतरबाट सभापतिको आकांक्षीहरु घट्ने क्रममा रहेको छ । मंगलबारसम्म ४ जना रहेकोमा बुधबारबाट २ जनामा झरेको छ ।
मंगलबार बसेको पौडेल पक्षको बैठकमा महामन्त्री डा. शशांक कोइरालाले आफू सभापतिको रेसबाट बाहिरिएको बताउँदै आफ्नो समर्थन वरिष्ठ नेता रामचन्द्र पौडेललाई रहने बताएका थिए । बाँकी रहेकामध्येबाट साझा उम्मेदवार तय गर्न आज बैठक बोलाइएको थियो । जिल्ला सभापतिहरु, केन्द्रीय सदस्य तथा पदाधिकारीहरुको सहभागीता रहेको बैठकमा दुई जनालाई अगाडी सारेर जानुपर्नेमा जोड दिएका थिए । सो क्रममा अब प्रकाशमान सिंह र डा. शेखर कोइरालाको नाम अघि आएको छ ।
दुवै नेताहरुको जिल्ला सभापति तथा निकटका केन्द्रीय सदस्यहरुले शेखर र प्रकाशमानको नाम लिएका थिए ।
बैठकमा सहभागी भएका नेता चन्द्र भण्डारीका अनुसार उम्मेदवारहरु २ जनामा झरेको र त्यसबारे थप छलफल हुने लोकपथलाई जानकारी दिए । दुई जनाबाट एक जनाको नाम अघि बनाउन दिउँसो ३ बजे प्रकाशमान सिंह निवास चाक्सिबारीमा बैठक बस्ने बताए । ‘आजबाट २ जना मात्रै उम्मेदवार बन्ने पक्का भएको छ । त्यसबारे छलफलका लागि ३ बजे चाक्सीबारीमा बैठक बोलाइएको छ ।’ उनले भने ।
आजको बैठकले सभापतिको अन्तिम उम्मेदवार छनोटको जिम्मा पौडेल र शंशाकलाई दिएको छ । यदी दई नेताहरुले सहमती गर्न नसकेमा पौडेल स्वयंमले उम्मदेवारी दिने तयारी गरेको बुझिएको छ ।
बैठकमा सहभागी भएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल तेस्रो धारका नेता कृष्णप्रसाद सिटौलासँग भेट्न सिटौला निवास समेत गएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया