प्रधानमन्त्री कप महिला क्रिकेट : सुदूरपश्चिमको खेलतालिका सार्वजनिक

RSS
91
Shares

बैतडी । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम प्रदेशस्तरीय छनोटको खेलको तालिका सार्वजनिक भएको छ ।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघले सार्वजनिक गरेको खेल तालिकाअनुसार यही मंसिर २५ गते सुरु हुने प्रतियोगिता २९ गते सम्पन्न हुनेछ । प्रतियोगितामा सहभागी हुने सुदूरपश्चिम प्रदेशका ६ जिल्लालाई दुई समूहमा विभाजन गरिएको प्रादेशिक क्रिकेट संघका सचिव तेजप्रकाश भट्टले जानकारी दिए ।

समूह ‘ए’ मा बैतडी, कञ्चनपुर र डोटी तथा समूह ‘बी’ मा कैलाली, डडेल्धुरा र बझाङ छन् । कैलालीको फाप्ला खेल मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेल कैलाली र डडेल्धुराबीच हुनेछ । अर्को खेलमा बैतडी र डोटीले प्रतिस्प्रर्धा गर्नेछन् ।यस्तै मंसिर २६ गते डडेल्धुरा र बझाङ तथा कञ्चनपुर र डोटीबीच खेल हुनेछ ।

मंसिर २७ गते कैलाली र बझाङ तथा कञ्चनपुर र बैतडीबीत प्रतिस्पर्धा हुनेछ । मंसिर २८ गते सेमिफाइनलका खेल तथा मंसिर २९ गते फाइनल खेल हुने संघले जनाएको छ । उक्त प्रतियोगिताबाट छनोट भएका खेलाडीले प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने सुदूरपश्चिम प्रदेशका क्रिकेट प्रशिक्षक खेमराज भट्टले जानकारी दिए ।

नेपाल क्रिकेट संघको आयोजनामा प्रधानमन्त्री कप आगामी पुस ३ गतेदेखि कैलालीको धनगढीमा हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?